पौष १८ गते २०७७

ओलीको प्रचण्ड-नेपाल पक्षलाई चुनौती

काठमाडौँ,१८ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल खेमाको प्रदर्शनका नारालाई इंगित गर्दै ‘गोरु नाङ्गो देख्दा आफुलाई लाज नलाग्ने’ दाबी गरेका छन्।

उनले प्रचण्ड (नेपाल पक्षलाई लक्षित गर्दै भने,‘ दुई वटा अंक भएको सिट मात्रै ल्याएर देखाउनुहोस्। तर त्यस स्थितिमा उहाँहरु पुग्नुहुन्न। उहाँहरु फेरि फर्किनुहुन्छ। फेरि फर्कनु भयो भने उपद्रो मच्चाउन पाइँदैन। पार्टीको नेतृत्वको आदेशमा चाल्नुपर्छ।

उनले मुलुक चुनावमा गइसकेको, निर्वाचन आयोग र सुरक्षाकर्मी त्यसको तयारीमा लागिसकेको अवस्थामा संसद पुनःस्थापना नहुने बताए।