माघ २७ गते २०८०

शान्ति निकेतन स्कुलको १८ औं बार्षिकोत्सव सम्पन्न, अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा राष्ट्रिय परीक्षावोर्ड अध्यक्ष डा.महाश्रम शर्मा

कमल पौडेल अथक
पोखरा, २७ माघ
राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा परीक्षावोर्ड लागेको बताएका छन् । पोखरा ५ मा रहेको शान्ति निकेतन स्कुलको १८ औं बार्षिकोत्सव तथा आभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको शानिवार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले सीपयुक्त शिक्षा आजको आवस्यकता भएको बताए । अवको शिक्षा व्यवहारिक हुन जरुरी छ उनले भने । सरकारको लगानी बिना निजी उद्यमी मार्फत संञ्चालनमा आएका शिक्षाको गुणस्तर स्तरीय भएको वताउँदै उनले रचनात्मक शिक्षाको खाँचो रहेको बताए ।
विद्यालयका प्रिन्सिपल डा.महेश्वर पराजुलीले विद्यालयले पाठ्य सामाग्रीको अलावा विद्यार्थीलाई रचनात्मक शिक्षा प्रदान गर्दै आएको बताए । उनले अभिभावकहरुको हेरचाह र विद्यार्थीहरुको लगावले नै विद्यालयले उचाई हाँसिल गरेको बताए । उनले उनले अव चाँडै विद्यालयमा उच्च शिक्षाको लागि तयारी भैरहेको बताए । निजी विद्यालयमा ७ खर्व लगानी रहेको र २ लाख शिक्षक प्रत्यक्ष रोजगार रहेको भन्दै उनले निजी विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताए ।
सो अवसरमा विद्यालयमा २०७६ देखि २०७९ सालसम्म एसइई परीक्षामा सवोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शान्ति निकेतन रत्नपदकद्धारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने विद्यार्थीहरुमा अविरल पौडेल, पुजन पराजुली, दीपालि भट्टराई, पविन पौडेल लगायत रहेका छन् ।
यसैगरी विद्यालयमा १० वर्ष सेवा गरेका शिक्षकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा अप्सरा पोखरेल, संगीता थापा, सुशीला अधिकारी, रचना पोखरेल, सन्तोष मल्ल, हेम सुवेदी, सुरज अधिकारी र नारायणी पराजुली रहेका छन् ।
यसैगरी सवोत्कृष्ट शिक्षक सम्मान प्राप्त गर्ने शिक्षकहरुमा पूर्व आधारभूत तह तर्फ जमुना भूजेल, आधारभूत तह तर्फ सुनीता कोइराला र माध्यमिक तह तर्फ भुवानीप्रसाद अधिकारी रहेका छन् ।
सो अवसरमा विद्यालयले ज्येष्ठ नागरिक केन्द्र पोखरा ५ पस्र्याङमा रु ५० हजारको अक्षयकोष स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अविभावकको तर्फवाट कपीलमणि दाहाल, शिक्षासेवी कृष्ण केसी, रबीराज वराल, उत्प्रेरक रबीन कटुवाल, विद्यालयका सहायक प्रिन्सीपल यदुविलाश भूर्तेल, सामाजिक शिक्षक हेम सुवेदी लगायतले वोलेका थिए । सो अवसरमा लोकगायक राजु परियारले विभिन्न लोकगीत प्रस्तुत गरेका थिए । विद्यालयका विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रमका साथ रचनात्मक प्रदर्शनी गरेका थिए ।