फागुन २१ गते २०७७
काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा
काठमाडौँ,२१ फागुन । प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका छन्।
दिउँसो सभागृहमा आयोजना हुने हस्ताक्षर समारोहमा पुग्नु अघि विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका हुन।
त्यसपछि उनी र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै मञ्चमा हस्ताक्षर गर्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमति भएको थियो।