असार २४ गते २०८१

गण्डकीका नौ जना कृषक पुरस्कृत

 

पोखरा २३, असार
कमल पौडेल अथक
गण्डकी प्रदेश र कास्की जिल्लाका गरि ९ जना कृषक आइतबार पोखरामा सम्मानित भएका छन् ।
प्रदेश कृषि मन्त्रालयले ती कृषकलाइ सम्मान तथा पुरुस्कृत गरेको हो । यसरी सम्मान हुनेमा प्रदेश तर्फ तनहुँका हरिबहादुर खड्का सर्बोत्कृस्ट भएका छन् ।

त्यसैगरी कास्कीका पदमबहादुर तामाङ, काबासोतिका निराजन पाण्डे, लम्जुङ्का केसकुमारी गुरुङ र मुस्ताङका निरज तुलाचनले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै ज्ञान केन्द्र कास्की अन्तर्गत कास्की माछापुच्छ्रेका पदमबहादुर तामाङ, रुपा गाउँपालिकाकी कविता छेत्री, सुरेन्द्रजङ छेत्री, रिठेपानीका इन्द्रप्रसाद शर्मा पुरस्कृत भएका छन् ।

कृषि बिकास मन्त्रालयका सचिब टंकप्रसाद प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति योजना आयोगका सदस्य माया तिमिल्सिना, निर्देशनालयका महानिर्देशक बासुदेब रेग्मी, मन्त्रालयका कृषि बिकास महाशाखा प्रमुख भानुभक्त भट्टराई, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल लगायतले बोलेका थिए । सो अबसरमा पुरस्कृत कृषकहरुले आफ्ना अनुभव सुनाएका थिए ।