पौष २७ गते २०७९

गोनेसाको सहयोगले रुपा गाउँमा उद्यमशीलता

कमल पौडेल अथक
पोखरा २६, पुस
असल छिमेकी सहयोग संघ गोनेसाको सहयोग पाएपछि कास्कीको रुपा गाउँका महिलाहरुमा उद्यमशीलताको विकास भएको छ ।
रुपा गाउँपालिकाको वडा नं १ स्यास्त्री, हाँसपोखरी र हंशपुरका न्यून आय भएका महिलाहरुमा उद्यमशिलताको विकास भएको हो ।
संघले गाँउमा बाख्रा, कुखुरा, खानेपानी, टनेल गोलभेडा खेती र विद्यालयमा कम्युटर शिक्षामा लगानी गरेपछि स्थानीय नागरिकमा परिवर्तन आएको उनीहरुले वताए ।
गोनेसा, स्थानीयवासी र गाउँपालिकाको सहयोगमा कार्यक्रम संञ्चालन गरिँदै आएको गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
हामीले पालिकाको ८५ प्रतिशत र गोनेसाको १५ प्रतिशत साझेदारी गरेर कार्यक्रम संञ्चालन गरेका छौं उनले भने ।
त्यसैगरी आयआर्जन परियोजना तर्फ परियोजनाको ५० प्रतिशत, लाभग्राहीको २५ प्रतिशत र पालिकाको २५ प्रतिशत अनुदानमा संञ्चालन हुँदै गोनेसाका महासचिव श्यामनाथ कुँवरले जानकारी दिए ।
गोनेसाको सहयोगले विद्यालयमा आमुल परिवर्तन आएको कालिका मावि स्यास्त्रीका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलले वताए । उनले विद्यालयमा वाल क्लव गठन गरी सक्रिय वनाएको समेत दाबी गरे । बालक्लव मार्फत विद्यार्थीको शिक्षण सिकाइमा परिवर्तन आएको उनले बताए ।
गोनेसाले अनुदानमा संञ्चालन गरेका योजना सफल रहेको सहजकर्ता अमृत अधिकारीले वताए ।
स्थानीय विमला अचार्य, शमशेर गोतामे, अम्बिका क्षेत्री, अरुणोदय आधारभूत मावि रुपा ७ माझ गाउँका प्रधानाध्यापक सूर्यमोहन न्यौपाने, कृषक समुहका अध्यक्ष कैले सार्की, सुकमाया लामिछाने, सामाजिक परिचालक अनिषा पौडेल लगायतले बोलेका थिए ।