लायन्स क्लब अफ पोखरा हेमजाद्वारा न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण
पोखरा, ७ पुस
लायन्स क्लब अफ पोखरा हेमजाद्वारा शनिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण गरेको छ ।
क्लबले पोखरा २५ हेमजामा रहेको गौरीशंकर आधारभुत बिद्यालयका ५९ जना बिद्यार्थीलाई बिद्यालय पोशाक अनुरुपको स्वीटर तथा शैक्षिक सामाग्री बितरण गरेको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रथम भाइसडिस्ट्रिक्ट गभर्नर मिलन थापाले सामुदायिक बिद्यालय हरेक दृष्टिकोणले उत्कृष्ट भएको भन्दै क्लबले गरेको कामको प्रसंसा गर्नुभयो ।
लायन्स क्लव अफ पोखरा हेमजा द्वारा सञ्चालित एम्बुलेन्सका लागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । क्लबका अध्यक्ष सन्तमान श्रेष्ठले सामुदायिक बिद्यालयमा निम्न आय भएका बिद्यार्थीले अध्ययन गर्ने हुदा यस्ता सहयोगले बिद्यार्थीलाई प्रोत्साहान हुने बताउदै अभिभावक हरुलाई पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष तथा डिस्ट्रिक्टको चिफ प्रकाश पौडेल, मदन पौडेल , डिस्ट्रिक्ट चिफ राजेन्द्र बहादुर साप्कोटा , जोन चियरपर्सन बसन्तराज बॉस्तोला र बिद्यालयका प्रधानाध्यापक डिल्लीराम तिम्सिनाले आफना भनाइ राख्नु भएको थियो ।
क्लबका अध्यक्ष सन्तमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिब कृष्णमान श्रेष्ठले गर्नुभएको थियो ।
पोखरा,३० साउन । गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो ।...
Read More
काठमाडौं, १४ मंसिर । इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको...
Read More
जनकपुरधाम, १२ मंसिर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव...
Read More
४ असार पोखराहेमजा युनाइटेड क्लबको अयोजनामा आज देखीनेपाल आइस छैटौं हेमजा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज...
Read More