पौष १९ गते २०७७
पोखरा हस्तकला सङ्घमा खड्का
पोखरा, १९ पुस ।
कास्की पोखरा हस्तकला सङ्घको अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएकी छिन् । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएकी हुन् ।
त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भएका छन् । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताइन् ।