१३ साउन ,पोखरा
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानको घरको दैलोमा गाइको गोबर, दूबो लिएर नाग टास्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ। यस दिन नाग देवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
पोखराका बिभिन्न तालतलैया पोखरीहरुमा नागका प्रतिमा तथा मन्दिर रहेका छन यिनै स्थानहरुमा आजको दिन पुजाअर्चना गर्ने गरिन्छ । आजको दिनमा पोखराको काहुंखोलामामा प्रसिद्ध स्थलको रुपमा रहेको कमलपोखरी मा दर्शनार्थिको भिड लाग्ने गर्दछ । यस स्थानमा गई नुहाएमा पुण्य प्राप्त हुने जनबिश्वास रहि आएको छ । नागपञ्चमी मा पोखरामा रहेको कमलपोखरीका झलकहरु
काठमाण्डौ, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले थप ऐजेन्डा सहित स्थाइ कमिटि बैठक बस्न लागेको जानकारी...
Read More
ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो शरदऋतु । यो ऋतु बसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा...
Read More
२,असोज पोखराग्ण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन यो सहित कुुल संक्रमित संख्या ३२९१पुुगेको छ। बि.पि.कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी...
Read More
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम...
Read More