श्रावण ६ गते २०७८
एनआरटी र सातदोबाटो क्लबले युवा फुटबल एकेडेमी सञ्चालन गर्ने
काठमाडौं, ६ साउन । शहीद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
एनआरटीले ल्याब्रोटरी स्कुलसँग र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापछि पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका ७/७ गरी १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुनेछन् । जसमा १४ खेलाडी क्लबका रहनेछन् । यी दुई क्लबले सम्झौता गरेपछि एकेडेमी चलाउने क्लब ६ पुगेको छ ।