माघ ७ गते २०७७

पोखरामा ११ जना जेष्ठ नागरिक सम्मानित


कमल पौडेल अथक
पोखरा ७, माघ
पोखरामा ११ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीको आठौं वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा ७५ वर्ष उमेर पार गरेका इश्वरीप्रसाद सुवेदी, त्रिभुवन शर्मा लगायतका ११ जना रहेका छन् ।
त्यसैगरी संस्थाले एभीन्यूज टेलिभिजनका प्रस्तोता सुशील पाण्डेलाई पनि सम्मान गरेको छ । संस्थाका सचिव इच्छावहादुर वाग्लेका माता पिताको नाउँमा स्थापित जेष्ठ नागरिक पत्रकारिता पुरस्कारवाट उनलाई सम्मान गरिएको हो ।
सो अवसरमा सस्थाले ज्येष्ठ नागरिक आवाज वर्ष ७ अंक ७ को विमोचन समेत गरेको छ । सो अवसरमा वोल्दै पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले आफूले यस अगाडि ज्येष्ठ नागरिकको वारेमा केही सहयोग गर्न नपाएपनि आइन्दा सहयोग गर्ने वचन दिए ।
शान्तिघाट विकाश समितिका अध्यक्ष शिववहादुर कार्कीले निकै दुःख र मेहनतले वनाएका संस्थाको प्रगति देखेर खुसी लागेको वताए ।
संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष नरहरि वराल, सल्लाहकार अमरनाथ रेग्मी, संस्थाका कोषाध्यक्ष रामप्रसाद भण्डारी,इश्वरीप्रसाद सुवेदी, सदस्य त्रिभुवन शर्मा, सम्मानित सञ्चारकर्मी सुशील पाण्डे, प्रा डा सरस्वती शर्मा, सचिव इच्छावहादुर वाग्ले र उपाध्यक्ष केशवप्रसाद ढकाल लगायतले वोलेका थिए ।
सो अवसरमा संस्थाका सदस्य हरिप्रसाद फूयाँलले आफ्ना माता पिता शुर्दशन र हुमकुमारी फूयाँलको नाममा रु ५१ हजारको अक्षयकोष रकम हस्तान्तरण गरेका थिए ।