भाद्र २३ गते २०७६
गण्डकी प्रदेश सरकारको बजेट खर्च जम्मा १९ प्रतिशत
गण्डकी प्रदेश सरकारले अहिलेसम्म जम्मा १९ प्रतिशत बजेट खर्च गरेको देखिएको छ ।
चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले चैत २५ सम्मको तथ्यांकअनुसार ३ अर्ब ३० करोड रुपैयाँमात्र खर्च गरेको छ । चालुतर्फ १ अर्ब ६४ करोड ९७ लाख र पुँजीगततर्फ १ अर्ब ६५ करोड १० लाख मात्र खर्च भएको छ । झन्डै ८० प्रतिशत बजेट खर्च भइसकेको छैन ।
प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बजेट ल्याए लगतै ७० प्रतिशतमात्रै बजेट कार्यान्वयन भए उपलब्धीपूर्ण हुने बताएका थिए ।
गुरुङका अनुसार प्रदेश सरकारको पहिलो वर्ष नीति, नियम, कार्यविधि तथा बजेट कायोन्वयनको जग बसाल्ने वर्ष भएपनि सबै ठिकठिक चले ७० प्रतिशत बजेट खर्च हुने अपेक्षा थियो तर, बजेट कार्यान्वयनको चरणमा पाइलैपिच्छे ठेस लागेको सुनाए ।
प्रदेश सरकारको बजेट खर्च हुने अर्को आशा सशर्त अनुदानको आयोजनाहरुमा थियो । तर, अहिलेसम्म कतिपय सशर्त अनुदानको रकम नै नआएको अर्थमन्त्री गुरुङले बताए ।
प्रदेश सरकारले नयाँ बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । प्रदेशको योजना आयोगले जिल्लाजिल्लामा पुगेर बजेट निर्माणका लागत संकलनको काम गरिरहेको छ ।
योजनाको छनोट गर्ने, प्रथामिकता तयार गर्ने र पहिलोको नीति तथा कार्यक्रम र बजेटलाई आधार बनाएर काम भइरहेको अर्थमन्त्री किरण गुरुङले जानकारी दिए ।