असाेज २८ गते २०८०

गण्डकी बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा गंगाराम

 

पोखरा २८, असोज
पोखरा ४ मा रहेको गण्डकी वहुउद्धेशीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा आनन्दमणि रिजाल, सचिवमा विजयाकुमारी आचार्य, सहसचिवमा मीना सिग्देल र कोषाध्यक्षमा एकनारायण अर्याल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कमलप्रसाद पौडेल, विदुर कोईराला, रोहितप्रसाद वराल, तीर्थप्रसाद अधिकारी, प्रतीभा पौडेल र तारा आचार्य चयन भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा चन्द्रकान्त रेग्मी, सदस्यमा कर्णवहादुर वस्नेत र टोपराज खनाल चयन भएको निर्वाचन समितिका संयोजक भीमनाथ वरालले जानकारी दिएका छन् ।
निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक भीमनाथ वरालले सपथ खुवाएका थिए भने सदस्यहरु नारायण ढकाल र नेत्रनारायण पौडेलले अविर लगाएर शुभकामना दिएका थिए ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै ज्येष्ठ सदस्य कृष्णमान बुद्धाचार्यले देशभरिका केही सहकारीमा संकट आइरहेको बेला गण्डकी सहकारीको अवस्था राम्रो भएकोमा खुसी प्रकट गरे ।
संस्थाका सल्लाहकार प्रा डा बेदनाथ शर्माले सहकारीले बचत गर्ने मात्र नभई प्रतिफल युक्त लगानीका बाटाहरु खोज्नु पर्ने वताए । सहकारीको तरलतामा कमी आएको र कर्जा लगानीमध्ये उठाउन नसकेको रकमको लागि प्रोभिजन छुट्याउन सके राम्रो हुने बताए । उनले संस्था स्थिर भएकोले अझै गतिशील वनाउन जरुरी रहेको वताए ।
नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले सहकारी संस्थाहरुले उद्धेश्य र लगानीका क्षेत्र किटान गर्न सक्नु पर्ने वताए ।
संस्थाका अध्यक्ष बुद्धीसागर बरालले सहकारीका गतिविधी धेरै नभएपनि अहिलेको अवस्थामा कुनै समस्या विना टिकाउन सफल भएको वताए । उनले भने जोखिम लिएको भए जे पनि हुन सक्ने थियो तर हामीले त्यो गरेनौं जसले गर्दा अहिले सहकारीको आर्थिक हैसियत बजवुत छ उनले भने ।
सो अवसरमा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत पारित भएको सहसचिव विजयाकुमारी आचार्यले जानकारी दिएकी छन् ।
संस्थाका अध्यक्ष बुद्धीसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आनन्दमणि रिजाल, शेयर सदस्य कमलराज पौडेल, शेयर सदस्यहरु खीमकुमारी भण्डारी, विदुर कोईराला, रवीन्द्र वराल र सहसचिव बिजयाकुमारी आचार्यले बोलेका थिए ।