चैत्र २७ गते २०७७
पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण
काठमाडौं,२७ चैत ।
सांसद पद गुमे पछि मन्त्री पद गुमाको चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै मन्त्रीलाई पुनर्नियुक्ति गर्न लागेका हुन्। उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको बालुवाटार निकट स्रोतले जानकारी दियो छ। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।
६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्। उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ। माओवादी पार्टीबाट सांसद भएका उनीहरु एमालेमा प्रवेश गरेका थिए । त्यस पछि माओवादीले उनीहरुको सांसद पद खोसेको थियो ।संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।