चैत्र १ गते २०८०

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

यहि आउँदो आइतबार तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो ।

यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७/८ बर्ष अघि देखि चले पनि अन्ततः चैत ४ आइतबार घोषणा हुने भए पनि पोखरा क्षेत्रका पर्यटन व्यवसायी र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित हुनु भएको छ । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानि घोषणा हुने गरी तयारी गरिएको छ भने उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनु हुने भएको मेयर आचार्यले जनाउनु भयो । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने बृहत झाकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको हो ।