फागुन १२ गते २०७७
फागुन १५ गते पोखरामा हुने ओली समूहको सभा स्थगित
काठमाडौं,१२ फागुन ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको आन्तरिक द्वन्द्वबाट उम्किँदै पद जोगाउन संसद विघटन गरिदिए र वैशाखमा चुनाव घोषणा गरे । त्यसपछि चुनावको पक्षमा माहोल बनाउन देशका मुख्य शहरहरुमा सभा गर्न थाले ।
तर मंगलबार सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओली समूहका आगामी कार्यक्रम स्थगित भएका छन् । स्थायी कमिटी बैठकले गर्ने निर्णयअनुसार आगामी कार्यक्रम तय गरिने ओली समूहका नेताहरुको भनाई छ । प्रतिनिधि सभा विघटन र चुनावको पक्षमा माहोल बनाउन देशका विभिन्न शहरमा जनसभा गर्दै आएको ओली समूहले फागुन १४ गते सुर्खेतमा र १५ गते पोखरामा वृहत् जनसभा गर्ने कार्यक्रम थियो । दुबै ठाउंको कार्यक्रम स्थगित भएको हो ।