फागुन १६ गते २०८०
लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम
फाल्गुन पोखरा
लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् ।
यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा बालमन्दिर मा.वि.का अनुजा बराल र कन्या मा.वि.का रितिका शेर्पालीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारी, क्लबका अध्यक्ष शर्मिला श्रेष्ठ, सचिव अम्बु कर्माचार्य, कार्यक्रम संयोजक धु्रव श्रेष्ठले नगद, प्रमाणपत्र र आकर्षक पुरस्कारसहित पुरस्कृत गरे ।
प्रतियोगितामा महेन्द्र मा.वि., ज्ञानभूमि मा.वि., इन्द्रराज्य लक्ष्मी मा.वि., कन्या मा.वि., चण्डिका प्रा.वि., लिला आधारभूत विद्यालय र बालमन्दिर मा.वि.का २४ जना छात्रछात्राको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारीले जसरी कक्षाकोठामा प्रत्येक शिक्षकका अध्यापनका तरिका फरक हुन्छन् विद्यार्थीको क्षमता र प्रतिभा पनि फरक हुने धारणा राखे ।
प्रतियोगिताका निर्णायक असफल गौतमले प्रतियोगितामा सहभागिता जनाउनु नै पहिलो सफलता भएको बताउँदै एउटा कविताका लागि निर्णायकले तय गरेका मापकका आधारमा विद्यार्थीमा अन्तरनिहित समग्र प्रतिभाको मूल्याङ्कन नहुने भएकाले निरन्तर अभ्यासमा रहन सुझाव दिए ।
धु्रव श्रेष्ठ कार्यक्रम संयोजक रहेको प्रतियोगितामा असफल गौतम र डागर स्मृति प्रतिष्ठानका संस्थापक रमा पराशर निर्णायक रहेका थिए ।
लिला आधारभूत विद्यालयका शिक्षक लिलादत्त बरालले समाज सेवाका क्षेत्रमा क्रियाशील लायन्स क्लबले सामुदायिक विद्यालय केन्द्रित कविता प्रतियोगिता राखेर स्तुत्य कार्य गरेको बताए ।
क्लबका अध्यक्ष शर्मिला श्रेष्ठले क्लबले सामुदायिक विद्यालयस्तरीय धेरै कार्यक्रम गरे तापनि बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि पहिलो पटक बालअधिकार विषयक कविता प्रतियोगिता राखिएको जानकारी दिइएन् ।