कार्तिक १८ गते २०८०

पुतली बाजेको ८७ वर्षको उमेरमा निधन

१८ कार्तिक २०८०, शनिबार
पुतली बाजेको नामले परिचित कोलिन फिलिप स्मिथको आव पोखरामा निधन भएको छ।

पोखराको नयाँ गाउँस्थित चर्चमा बस्दै आएका स्मिथको आज बिहान ३ बजे निधन भएको छ। ‘पुतली बाजे’ को नामले परिचित स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो।

सन् १९७२ मा शिक्षणका लागि बेलायतबाट नेपालका आएका स्मिथ यतै बसेका हुन्। गणित पढाउन आएको भए पनि उनको रुचि पुतलीमा थियो। त्यसपछि उनले पुतली अध्ययनमै जीवन अर्पण गरेका थिए।

स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए ।

युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् ।

स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए ।

उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण ९पीएन० क्याम्पस, एक्याप, इन्टरन्याशनल माउन्टेन म्यूजियम, फरेस्ट्री क्याम्पस, लिर्बड लगायत संस्थामा पुतलीसँग सम्बन्धित विषयमा काम गरेका थिए। उनले पुतलीको खोज तथा अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको त थियो तर विदेशबाट आएकाहरूले नेपालको पुतली संकलन गर्थे र विदेश लैजान्थे।

नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले कोलिनको पहलमा पीएन क्याम्पस पोखरामा अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियममा उनले संकलन गरेका पुतली र निशाचर पुतली ९मोथ्स० संगृहीत छन्। हाल संग्रहालयमा नेपालका ६६० प्रजातिका पुतली र निशाचर पुतलीको संकलन छ।

स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।