जेठ ३ गते २०८१

स्याङजाको दरौं थाप्ले पर्यटकीय एवं धार्मिक परियोजना अगाडि वढाउन सरोकारवालाहरु एकमत

कमल पौडेल अथक
स्याङ्जा ३, जेठ
स्याङ्जाको अर्जुनचौपारी दरौं थाप्ले पर्यटकीय एवं धार्मिक परियोजना अगाडि बढाउन सरोकारवालाहरु सहमत भएका छन् । डिभिजन बन कार्यालय स्याङ्जाको रोहवरमा वुधवार भएको सर्वपक्षीय भेलाले सो सहमति गरेको हो ।
आँधीखोला गाउँपालिका १ पञ्चमुल र अर्जुनचौपारी ६ दरौंवीच सामुदायिक वन सम्वन्धी साँध सिमानालाई लिएर भएको विवाद समाधान भएको छ ।
अहिले साँध सिमानको विवाद जहाँको तहीँ छोडेर पर्यटकीय तथा धार्मिक पूर्वाधारलाई अगाडि वढाउन द्धिपक्षीय भेलाले निश्कर्ष निकालेको छ ।
भेलाले दुवै वडाका तीन, तीनजनाको दरले एउटा भद्र सहमतिपत्र तयार गर्न डिभिजन बन कार्यालय स्याङजामा उपस्थित गराई परियोजना सुचारु गर्नेवारेको पत्रमा हस्ताक्षर गर्ने र परियोजनालाई अगाडि वढाउने निश्कर्ष निकालेको डिभिजन बन कार्यालय स्याङजाका प्रमुख नवराज वरालले वताए ।
साँध सिमानाका आफ्नै कुरा होलान् तर पर्यटकीय पूर्वाधारलाई रोक्न हुँदैन यसले विकास रोक्छ बरालले भने ।
सो अवसरमा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दोववहादुर कार्कीले स्याङ्जा जिल्लाकै पर्यटकीय एवं धार्मिक परियोजना निर्माणमा स्थानीयको सहकार्य र हातेमालो जरुरी रहेको बताए ।
हामीले विकासका पूर्वाधारलाई निर्वाध अगाडि वढाउन जरुरी छ, विकास रोकेर हामीलाई नै घाटा हुने भएकोले सहमति र सहकार्यममा लाग्न स्थानीयवासीलाई आग्रह गरे ।
परियोजनाका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङले थाप्ले धार्मिक तथा पर्यटकीय परियोजना सम्पन्न भएपछि देशकै एक गन्तव्य थपिने वताए । सो परियोजना स्थानीयको हितमा रहेको भन्दै सहकार्य गर्दै अगाडि वढ्न आग्रह गरे । हामीले नकारात्मक कुरा त्याग्नुपर्छ सकारात्मक कुरालाई आत्मसात गरेर अगाडि वढ्न सकियो भने गन्तव्यमा पुगिन्छ उनले भने ।
सो स्थानमा अहिले विशाल बुद्धको मूर्ति निर्माण गरिएको छ । एउटा भ्यूटावर सँगै पर्यटीय पूर्वाधार समेत निर्माण गरिएको छ । सो परियोजना सम्पन्न भएपछि सिरुवारी पुग्ने पर्यटकको एक दिनको वसाइ लम्याउन सकिने परिकल्पनाकार गुरुङले वताए । परियोजना निर्माण गर्न करोडौं खर्च भैसकेको छ । परियोजना सम्पन्न गर्न अझै केही वाँकी रहेको उनले वताए ।
अर्जुन चौपारी ६ का वडाध्यक्ष नारायण ढकालले पूर्वाधार निर्माले जिल्लाकै गौरव बढ्ने वताए । आँधीखोला १ का वडा अध्यक्ष पवनकाजी अधिकारीले साँध सिमानको विवाद थाँति राखेर पर्यटकीय पूर्वाधार निर्माणमा सवैको हातेमालो जरुरी रहेको वताए ।
कार्यक्रममा स्थानीय धनवहादुर गुरुङ, सामुदायिक वनका स्थानीय अगुवाद्धय गमवहादुर गुरुङ गोपाल गुरुङ र इलाका वन कार्यालय सेतीदोभानका प्रमुख दुर्गानारायण पोखरेल लगायतले वोलेका थिए ।