वैशाख २९ गते २०८१

मझेरी विश्वकर्मा समाजको परिचय तथा अन्तरक्रिया

पोखरा २९, बैशाख
मझेरी विश्वकर्मा समाज पोखरा १४ ले नयाँवर्ष २०८१ को अवसरमा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा वोल्दै पोखरा १४ का वडाध्यक्ष बोधवहादुर कार्कीले मझेरी विश्वकर्मा समाजलाई वडाको तर्फवाट सशक्तिकरणको लागि विशेष पहल गरिने वताए ।
समाजका अध्यक्ष सृजना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी संघका प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम, वडा सदस्य तनुजा थापा, विश्वकर्मा समाजका अगुवा रनवहादुर रामदाम, रेडियो सराकोटका समाचार प्रमुख कमल पौडेल अथक, अधिवक्ता वोधराज वराल, एमाले वडा इकाई अध्यक्ष वटुकृष्ण कुँवर, शिक्षासेवी मथुराप्रसाद पौडेल, मेरो नेपाल युवा क्लवका अध्यक्ष एकेन्द्र कुँवर, पूर्व वडा सदस्य सुनकमली विक, माछापुच्छ आमा समूहकी अध्यक्ष पार्वती ढंगाना, नारी कल्याण आमा समूहकी अध्यक्ष पार्वती सुवेदी, नवदृष्टि आमा समूहकी अध्यक्ष उमा थापा, सुकमाया गुरुग, मझेरी पाटन तमु समाजका अध्यक्ष सुकवहादुर गुरुग, उपाध्यक्ष शेरवहादुर पोखरेल र कार्यक्रम संयोजक कृष्णमान विश्वकर्मा लगायतले वोलेका थिए ।