उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी
भदौ २५, २०७६
काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।
‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने, ‘यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुन: दल दर्ताको काम फत्ते गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो।
समयदृष्टि सम्वाददाता पोखरा १७, असार नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले सुन आयातमा लगाउने भनेको १५ प्रतिशत भन्सार कर खारेज हुनुपर्ने माग गरेका छन् । नेपाल सुनचाँदी...
Read More
२०६३ मा पोखराको बिरौटामा किसान धान रोपाइमा खेततर्फ जादै । अर्को २०७९ मा अहिले फेरी पहिलेकै ठाउबाट पोखराको बिरौटा खेतमा बनेको शहर स्कुल जादै गरेकाहरु ।
Read More
घुम्न जाउ घुम्न जाउ घुम्न पोखरा बसियो को बुकिड.ले छैन खतरा । अव नेपालमा घुम्न, बिभिन्न कामको लागि नया गन्तब्य वा ब्यस्त पर्यटकिय स्थानमा जान बसियो नामको एप्लीकेशनले निकै...
Read More
पुछारसिटे अभियानको आयोजनामा आज २०८० को माघे सक्रान्तीको बिहान घिउ, चाकु र तरुलसग कविता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ भन्ने भारतका पूर्व राष्ट्रपती...
Read More