उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी
भदौ २५, २०७६
काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।
‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने, ‘यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुन: दल दर्ताको काम फत्ते गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो।
कमल पौडेल अथकपोखरा १, असोजपोखरामा १०७ वर्षीया ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घर मै पुगेर सम्मान गरेको हो । सम्मानित हुने...
Read More
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘हाम्रो देश अनेक धर्म, अनेक...
Read More
कमल पौडेल अथकपोखरा १, कार्तिकपोखरा रंगशालामा यही कार्तिक ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने छैंटौ गादावरी तथा तेश्रो प्रादेशिक पुष्प व्यापार मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ...
Read More
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको...
Read More