माघ १ गते २०८०

पुछारसिटे अभियानको आयोजनामा माघे सक्रान्ति मनाउदै एकल कविता बाचन

पुछारसिटे अभियानको आयोजनामा आज २०८० को माघे सक्रान्तीको बिहान घिउ, चाकु र तरुलसग कविता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ भन्ने भारतका पूर्व राष्ट्रपती एपीजे अब्दुल कलामको महान उद्घोषण सहित शुरुवात गरिएको पुछारसिटेको यो चौथो माघे संक्रान्ती कार्यक्रम हो । आजको कार्यक्रममा कवि तथा इन्जिनियर बसन्त गौतमको एकल कविता बाचन कार्यक्रम भएको छ । कविका देशको वर्तमान परिवेशमा लेखिएका दर्जनौ मर्मस्र्पसी र मनोरञ्जनात्मक कविताहरुले पोखरेली साहित्यकार र साहित्यका पारखीको मन जितेको छ । पोखराको श्रृजनाचोक स्थित हवाइटहाउस पार्टी प्यालेसमा भएको सो कार्यक्रममा नेपालका बरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठले आर्शिबचन प्रदान गर्नुभएको थियो भने आयोजक संस्था पुछारसिटेका संयोजक सञ्जिव पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पोखरामा रहेका कला साहित्य संस्थाका प्रतिनिधी सहित धेरै पोखरेली साहित्यमा रुची राख्नेहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको पूर्व बिहानमा माघे संक्रान्तिको खानाको प्रतिक घिउ, चाकु, तरुल, सखरखण्ड र तिलको लड्डुहरु खाएर माघे संक्रान्ति पर्वको शुभकामना आदनप्रदान गरिएको थियो ।

Photo-from-Suraj