भाद्र २५ गते २०७७

महानगरका भ्रस्टलाइ कारबाहिको माग गर्दै जागौ पोखराको एक घन्टे धर्ना ।


पोखरा, भदौ २४ ।
पोखराका स्वतन्त्र युवाहरुको समूह ‘जागौं पोखार अभियान’ले पोखरा महानगरपालिकाभित्रका अनियमितता विरुद्ध दबाबमूलक कार्यक्रम गरेको छ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यलय, पोखरा नयाँबजार अगाडि दबाब स्वरुप एक घण्टा विरोध प्रदर्शन गरेका हुन ।
‘जागौं पोखरा अभियान’ का अभियन्ता हरुले एक महिना अगाडि ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन गरेका थिए ।
पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गर्दै बास्तबिक हिसाब किताब सार्बजनिक गर्न २५ दिनको समय माग गर्नुभएको थियो । तर उहाँले भने जस्तो ११ करोड रुपैयाँ पनि राजश्व खातामा जम्मा नभएको अभियन्ता दीपक आचार्य दाबि गर्नुभएको छ । ‘२ वर्षअघिको लेखापरीक्षण गरिएको हो । चेक छ भनिएको रकम अहिलेसम्म खातामा जम्मा भएको छैन,’ भन्दै अभियन्ताहरु १३ करोड नै हिनामिना भएको आफ्नो दाबीमा अडिग छन् ।
महानगरले अनियमितताबारे स्पष्टिकरण दिएर दोषीमाथी कारबाही गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
‘महानगरको भ्रष्टाचार, अनियमितताप्रति प्रश्न सोध्ने अधिकार हामीलाई छ, यति ठूला अनियमितताका घटना सार्वजनिक हुँदा पनि किन चुप छ महानगर ?, भन्दै कार्यक्रम संयोजक शिरीष गुरुङले प्रश्न गर्नुभएको छ । उहाँले नागरिकले तिरेको करमाथि मनपरी गर्ने अधिकार कसैलाई नभएको र एकएक हिसाब दिनुपर्ने बताउनुभयो ।
महानगरभित्र भएका अनियमितताबारे छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनका साथै कर्मचारीले अनियमितता गरेको प्रष्ट देखिए पनि राजनीतिक संरक्षण दिने गरिएको आरोप अभियानले लगाएको छ ।
अभियानका अभियन्ता सबिता शर्मा जनताको करको हरहिसाब चुस्त राख्नु महानगरको दायित्व हुने भन्दै धर्नामा सहभागि भएको बताउनुभयो । ‘नभएको पैसा खोजेको छैन, राजश्वकै रकम दायाँबायाँ भएपछि त बोल्नुपर्छ,’ उनले भनिन, ‘हामीले २५ दिनको समय दिएर हिसाब मागेका हौ ।’
समय सकिदा पनि महानगरले हिसाब नदिएको हुँदा आफुहरु छब्बिसौ दिन धर्नामा सहभागि भएको शर्माको भनाई थियो ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले लेखा विज्ञहरुद्वारा छानबिन अघि बढाइसकेको बताउनुभयोे ।
‘१३ करोड नै तलमाथि परेको होइन, धेरै राजश्व जम्मा भैसकेको छ,’ उहाँले भन्नुभयो, ‘पौने २ करोडको हिसाब मिलेको छैन । त्यो पनि खोजी भैरहेको छ । केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्नेछ ।’ साथै उहाँले अनुसन्धानक्रममा कोही दोषी देखिए कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।
पोखरा महानगरको राजश्व शाखा विभिन्न समय विवादित बन्दै आएको छ । तर मेयर को उक्त भनाइ प्रति अबिश्वास गर्दै समय सिमा सकिदा समेत हिसाब मिलाउन र कर्मचारी बचाउनलाई अरु समय दिन नसकिने अभियन्ता शिबराज बस्ताकोटिले बताउनुभयो ।
महानगरका भ्रस्ट कर्मचारिलाइ कारबाहि हुनुपर्ने मुख्य माग सहित आज अख्तियार पोखरा का कार्यलय प्रमुख बिपिन आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाइएको बिस्व हिन्दु महासंघ नेपाल का केन्द्रिय उपाध्यक्ष जागौ पोखराका तजष्लप तबलप शंकर खरालले बताउनुभयो ।
सोही अवसरमा बोल्दै ते¥ह करोड को हिसाब नपाए मा अब जस्तो सुकै अबस्था सिर्जना गर्न आफुहरु पछि नपर्ने अभियन्ता गोमा पराजुलिले बताउनुभएको छ ।
बिगत तिन दिन देखि महानगरमा धर्ना दिदै आएको जागौ पोखराले हिजो मंगलबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र थियो ।
साथै महानगर मा बुझाएको ध्यानाकर्षणको प्रतिलिपि महानगर अगाडि तिन दिनसम्म प्रदर्शन गरिएको थियो ।
ते¥ह करोड को हिसाब सार्बजनिक गर, १० बर्षदेखि रहेका महानगरका कर्मचारिको सम्पति छानबिन गरी सार्बजनिक गर, कर्मचारि सेवा ऐन २०७६ स्थगित गर भनि तिन बुदे माग सहितको ब्यानर र सो कार्यक्रम मा संकलन गरिएको हस्ताक्षर प्रदान गरि महानगरको धर्ना स्थगित गरेर आज(बुधबार)बाट अख्तियार कार्यलय पोखरामा एक घन्टा धर्ना कार्यक्रम सहित जागौ अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ ।
सो धर्ना कार्यक्रम मा मौन रहि महानगरमा भ्रस्टाचार छ अख्तियार खोइ कँहा छ ? भन्ने नारा सहित को बिभिन्न नारा सहित को प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
महालेखापरीक्षकको प्रतिवेदनले २०७५र०७६ मा पोखरा महानगरपालिकाको १३ करोड रुपैयाँ तलमाथि भएको रिपोर्ट निकालेको छ । राजश्व शाखाको तथ्यांक र बैंकमा जम्मा भएको रकमबीच १३ करोडको फरक छ । मुक्तिनाथ विकास बैंकबाट त्यस वर्ष १ अर्ब २६ करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको सञ्चित खातामा जम्मा भएको छ । तर राजश्व शाखाको तथ्यांकले १ अर्ब ३९ करोड राजश्व उठेको देखाउँछ । त्यसो भए बाँकी १३ करोड खै त ? मलेपको प्रतिवेदन आएपछि पोखराका युवाहरुले तलमाथि भएको १३ करोडको हिसाब खोजेका छन् ।
अभियन्ता का अनुसार शंकर खराल, मदन भन्डारि, सिरोज बिजय कोइराला, दामोदर त्रीपाठि समेतको समुहले पोखराका स्वतन्त्र र बौद्दिक ब्यक्तिलाई यो अभियान मा जोडिन प्रेरित गर्ने जिम्मा पाएको छ ।