भाद्र २६ गते २०७८

रिसाएकी रिश्मालाई ‘जाले रुमाल’ दिएर फकाउँदै वुद्दि

काठमाडौं, भदौ २६ । गायक कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको संगीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक तथा गीतकार कृष्ण केसीले रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका विभिन्न शैलीलाई प्रस्तुत गरेका छन् ।

गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । गीतको भिडियोमा कृष्ण केसीकै निर्देशन छ । मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको भिडियोमा कलाकारद्धय वुद्दि तामाङ र रिश्मा गुरुङलाई देख्न सकिन्छ । ‘कबड्डी’ चलचित्रमा एकसाथ काम गरेका वुद्दि र रिश्माको जोडी भिडियोमा पनि सुहाएको छ । भिडियोमा रिश्मा रिसाएकी छिन् भने वुद्दिले फकाइरहेको देख्न सकिन्छ ।

पवन सुस्लिङको सम्पादन तथा छायांकन रहेको भिडियोलाई दर्शकले रुचाएका छन् । बैबाहिक जीवनमा बाँधिएपछि भिडियो र चलचित्रबाट टाढा रहेकी रिश्मालाई हेर्न पाउँदा दर्शक उत्साहित देखिएका छन् ।