माघ ३० गते २०७७

आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा

पोखरा, ३० माघ ।

आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व हो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।

१२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर रहेको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । पोखरामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी यो पर्व मनाउदै छन् ।

अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।