भाद्र ५ गते २०७८

थप २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं,५ भदौ । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।