चैत्र ६ गते २०७९

अनलाइन पत्रकार संघ को नेतृत्वमा बराल

६ चैत ,पोखरा
अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा गणेश बराल चयन भएका छन् । पोखरामा आज सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको हो भने उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्ष अनिता घिमिरे चुनिए। यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन थापा मगर, दिपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बस्नेत निर्वाचित भए ।

 

सो समिति २ वर्षे कार्यकालका लागि चुनिएको नवनिर्वाचित उपाध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार पहिलो बैठकबाट आगामी दिनमा के कसरी जाने भन्नेबारे छलफल हुने छ ।

यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आम संचार विधेयक बारे आफू सकरात्मक भएको बताए ।

आम संचार विधेयकबारे जानकार भएको बताउदै सम्बन्धित मन्त्रालयसँग समन्वययकारी भूमिका खेल्ने बताए । मुख्यमन्त्री अधिकारीले पछिल्लो समय पीत पत्रकारिता मौलाउदै गएको उल्लेख गर्दै आधिकारिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । 

 

संस्थाका अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुका नेता प्रकाश ढकाल ,दिपेन्द्र श्रेष्ठ,बिमला भण्डारी,गोविन्द सुवेदी, सरिता तिमिल्सिना लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव सन्तोष बस्यालले गरेका थिए ।