पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् ।
‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्याएका हुन् ।
२०८३ भदौ १५ गते धादिङको गजुरी गाउँपालिका(२ मा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन रत्नप्रसाद पराजुलीले वडाध्यक्ष दोर्ण कँडेललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
पराजुलीका अनुसार करिब ८ देखि १० टन राहत सामग्री ट्रक तथा अन्य सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
सडक अवरुद्ध भएका स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन पुग्न नसक्ने ठाउँमा स्थानीय साधन र पैदल यात्रामार्फत समेत राहत पुर्याइएको उहाँले बताउनुभयो ।
गजुरी गाउँपालिका( २ का वडाअध्यक्ष दोर्ण कँडेलले सामाजिक संस्थाले आफ्नो गाँस काटेर गरेको सहयोगको सहि सदुपयोग र वास्तविक पिडित परिवारले पाउनेमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँका अनुसार पहिरोले बाटो अवरुद्ध हुँदा हिँडेरै जाने तयारी कृष्णभीर तथा त्रिशूली नदी किनार आसपासका सडकमा पहिरो र कटानका कारण यातायात प्रभावित भएकाले टोलीले वैकल्पिक मार्ग अपनाएर आएको साथै सवारीसाधन पुग्न नसक्ने स्थानमा स्थानीय साधनको प्रयोग गर्ने र आवश्यकता अनुसार ९(१० किलोमिटर पैदल यात्रा तथा झोलुङ्गे पुल तरेरै भए पनि पीडित समक्ष पुगेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
पूर्व डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्यालका अनुसार गजुरी(२ का पहिरो प्रभावित १ सय २० परिवारका करिब ६ सय जनालाई लक्षित गरी एक महिनासम्म पुग्ने खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।
फस्ट भिडीजी लायन किशोर बरालले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएकाले प्रभावितलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा चिफ एड्भाइजर लायन शिवराज आचार्यले राज्य अप्ठ्यारोमा परेका बेला सामाजिक संस्थाले सहयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।
पोखरा १६ असार । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको...
Read More
कमल पौडेल अथक पोखरा १७,पुस राजनीतिलाई कृषिमा जोड्न एक कार्यक्रमका वक्ताले माग गरेका छन् । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल किसान महासंघ गण्डकी प्रदेशद्धारा मंगलवार...
Read More
कमल पौडेल अथकपोखरा १४, पुस जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले १ सय २ वर्षीया ज्येष्ठ नागरिक मानकुमारी श्रेष्ठलाई सम्मान गरेको छ ।समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा मंगलवार पोखरा...
Read More
पोखरा, ३ असोज प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय...
Read More