पौष १७ गते २०८१
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा छलफल, राजनीतिमा कृषिलाई जोड्न आग्रह
कमल पौडेल अथक
पोखरा १७,पुस
राजनीतिलाई कृषिमा जोड्न एक कार्यक्रमका वक्ताले माग गरेका छन् । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल किसान महासंघ गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।
उनीहरुले विकसित मुलुकमा कृषक धनी हुने तर हामी कहाँ कृषक गरिव हुने कारण खोज्नुपर्ने वेला आएको वताए । पहाडका टारमा सिंचाइँको व्यवस्था गरेर देशलाई उन्नत वनाउनको लागि राजनीतिकर्मीहरुको पहल आवश्यक रहेको उनीहरुले टिप्पणी गरे ।
सो अवसरमा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको समग्र नीति वनाउने पार्टी नै कांग्रेस भएको वताए ।
उनले राणा सामन्तको जग्गा खोसेर कृषकलाई वाँड्ने काम पनि कांग्रेसले नै गरेको वताए । सरकार जनताको हुन पर्नेमा हामी कहाँ नेताको जस्तो भएको समेत उनले वताए ।
देशमा कृषक आन्दोलनको आडमा नै कांग्रेसको विकास भएको उनले जिकिर गरे । बीपीको मेलमिलाप नीतिमा नै कांग्रेसको जग भएकोले यसलाई भुल्न नहुने उनले वताए ।
प्रदेश अध्यक्ष पुष्पमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति किशोरदत्त वराल, महासमिति सदस्य देवराज चालिसे, केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सना, पूर्व केन्द्रीय अध्यक्ष भानु सिग्देल, प्रदेश उपाध्यक्ष उमा ठकुरी र सचिव सागर पौडेल लगायतले वोलेका थिए ।