कास्की जिल्लाको पश्चिमी भेकमा रहेको पर्यटकिय ठाउ अन्नपूर्ण गाउपालिका अहिले नेकपा एमालेको नेतृत्वमा पुगेको छ । गाउपालिका अध्यक्ष पदमा बिष्णु बहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी बिजयी भएका छन । यस अगाडी नेपाली काग्रेसका युवराज कुवर अध्यक्ष रहेको यस गाउपालिकामा अहिले बिष्णु बहादुर केसीले सूर्य चिन्हमा ६ हजार ७२२ मत ल्याउदा काग्रेसका कुवरको ५ हजार ९५९ मत आएको थियो । उता उपाध्यक्षमा अधिकारीले ६ हजार ६०८ मत ल्याउदा नेपाली काग्रेसकै उमेदवार खिमकुमारी गुरुड.ले ६ हजार १४ मत प्राप्त गरिन । यस अगाडीको स्थानिय निर्वाचन २०७४ मा पनि अध्यक्ष पदका प्रत्यासी बिष्णु बहादुर केसी र युवराज कुवर भिडेका थिए । त्यसबेला बिष्णुलाई युवराजले पराजित गर्न सफल भए पनि ५ वर्ष पछी बिष्णुले युवराजलाई पछारेका छन । यि दुवै युवा नेता हुन भने आफ्नो दलको मुल्यांकनमा अन्नपूर्ण कास्कीका अब्बल ठहरिएका समाजसेवी युवा नेता गनिन्छन । निर्वतमान अध्यक्ष काग्रेसको राजनिती गर्ने युवराज कुवर साबिक ढिकुरपोखरी १ हाल अन्नपूर्ण १ का स्थानिय बासिन्दा हुन भने नव निर्वाचित गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसी सावीक सल्यान गाबिस हाल अन्नपूर्ण ४ का स्थानिय बासिन्दा हुन ।
Bishnu B KC
कुल २३ हजार ४१७ जनसंख्या रहेको यो गाउपालिकामा २० हजार ३४८ मतदाता थिए भने यस पटक कुल १४ हजार ९०४ मत खसेको थियो । खसेको मत मध्य १२ हजार २९ मात्र सदर थियो । अहिलेको स्थानिय निर्वाचनमा ११ वडा मध्य १,३,६,७,९,११ एमालेले जितेको छ भने २,४,५,८,१० काग्रेसले जितेको छ । प्राय निर्वाचित जनप्रतिनिधीको अवस्थालाई मुल्यांकन गर्दा नया अनुहार कै पाइन्छ भने २ र ७ जस्ता वडाहरुमा केही दोहोरिएका पनि छन । जिल्ला सदरमुकाम पोखरा बाट पश्चिम उत्तर ४१७ दशमलव ७३ वर्ग किमीमा फैलिएको यो गाउपालीकामा पूर्व पोखरा महानगर पालिका २४ र माछापुछ्रे गाउपालिका, दक्षिणमा पोखरा महानगरपालिका २३ तथा स्याड.जा जिल्ला सिमाना, पश्चिम पर्वत जिल्ला सिमाना तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका र उत्तरमा अन्नपूर्ण हिमश्रृखला सहित मनाड. जिल्ला जोडिएको छ । बाग्लुड. पोखरा राजमार्गले बिचमा काटेको यस गाउपालिका पर्यटकिय दृष्टीले अति महत्वपूर्ण स्थान पनि हो , यहाको कास्की नागडाडा, पञ्चासे, काडे, लुम्ले कृषी केन्द्र, धान्द्रुक, बिरेठाटी र अन्नपूर्ण बेसक्याम्प मुख्य पर्यटकिय स्थान हुन । सुगमताको दृष्टीले मानव बस्तीबाट करिव १ घण्टाको दुरीमा हरेक स्थानमा पक्की वा कच्ची बाटो पुगेको छ । बिकासका गतिले समग्र नेपालका ग्रामिण क्षेत्र भन्दा केही माथीरहेको यो गाउपालिक।ले. अझै धेरै बिकास प्रगती र जनताको स्तर उन्नती गर्नुपर्ने भएकाले नया नेतृत्व तथा युवा नेताहरुको काधमा यो जिम्मेवारी आएको छ ।
लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पोखरा २७ अर्चलेमा भएको मूल कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास...
Read More
पोखरा, ५ बैशाख १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया...
Read More
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ। ‘निकट भविष्यमा हुन...
Read More
हेटौंडा,२५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले...
Read More