फोटोग्राफरको स्टुडियो पोट्रेट तालिम तथा शुभकामना आदान प्रदान
९ असोज पोखरा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा १ दिने स्टुडियो पोटे«ट, स्ट्रोब एण्ड स्पीड लाईटिङ तालिम कार्यक्रम तथा दशौंको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । बिशेष गरी महिला फोटोग्राफरहरुका लागी लक्षित कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध ४६ जना महिला पुरुषहरुको सहभागी रहेको थियो । कार्यक्रममा पोखरा फोटोग्राफर संघका उपाध्यक्ष एवम तालिम कार्यक्रम संयोजक भक्त तामाङ तथा आजिवन सदस्य जय गुरुङ ले विषयगत तथा प्रयोगात्मक गरि २ चरणमा तालिम प्रदान गरेका थिए । महिला सिप विकास केन्द्र कास्की, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. तथा फोटो बैङ्क(द स्टुडियो) पोखराको सहयोग रहेको सो कार्यक्रम शनिवार बिहान १० बजे देखी बेलुका ४ः०० बजे सम्म सञ्चालन भएको थियो ।
कार्यक्रमको दोस्रो सेसन अन्र्तगत आउदे गरेको विजय दशमीको शुभकामना आदान प्रदान तथा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम रहेको थियो । प्राज्ञ तथा विम्बकवि रमेश श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा तालिम संयोजक भक्त तामाङले स्वागत मन्तब्य राखेका थिए। पुमुख अतिथि श्रेष्ठले फोटोग्राफी एउटा सम्मानीत पेशा भएको कुरा राख्दै समाज संस्कृति र इतिहास लाई जिवन्त राख्न विशेष योगदान पुराएको कुरा उल्लेख गदैृ फोटो्रग्राफी ब्यवसायलाई प्रविधि मेत्रि बनाउदै लैजानु पर्नेमा जोड दिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सिता राई पोखरा फोटोग्राफर संघ पोखरा नेपालका महिला उपसमिति संयोजक रिता पौडेल, पुर्व अध्यक्ष एवम सल्लाहाकार रविनाथ दाहाल, पुर्व अध्यक्ष संयोजक माधव मिश्र, पुर्व अध्यक्ष, सल्लाहाकार एवम फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघ पोखरा नेपालका संरक्षक गणेशलाल छवि लगाएतले आ–आफ्र्नो शुभकामना मन्तव्य राख्दै पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तालिम कार्यक्रमको प्रसंशा गरेका थिए ।
पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन पोखरा फोटोग्राफर संघ पोखरा नेपाल का सचिव देवानन्द पोख्रेलले गरेका थिए भने कार्यक्रममा फोटो तथा भिडियो खिचेर कार्यसमिति सदस्यहरु अग्निधर तिमिल्सीना, प्रकाश पौडेल, शंकर कोईरालाले सहयोग गरेका थिए ।
पोखरा फागुन १६ । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ...
Read More
१० भाद्र ,पोखरापोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको...
Read More
पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार...
Read More
सुसेली फिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा ह्विस्लर्स वार्ब्लर (Whistler’s Warbler) भनिन्छ। तस्विर ः दुर्गा प्रसाद पौडेल
Read More