माघ,पोखरा
तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व का रुपमा मनाइने गरन्छ र सार्वजनिक दिा दिइन्छ । ल्होछार मनाउने समुदायमा ुल्होु अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रारभेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२४ चाहिँ चील को वर्ष हो । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ुचन्द्र पात्रोु भनिन्छ ।
तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । नेपालमा प्राय गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार ,तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार ,शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको पाइन्छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यस्ता पर्वहरुमा प्राय ुतामाङ सेलो गाइने गर्दछ सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । लामाहरूसँग आशिष् लिएर वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ।
पोखरामा यसपाली नेपाल तामाङ घेदुङ को संयोजकत्वमा सोनाम ल्होछार मुल आयोजक सिमति बनाई बिभिन्न कार्यक्रहरुको आयोजना गरयो । उक्त कार्यक्रका संयोजक भक्त तामाङ रहनु भएको थियो । कायृक्रममा बिभिन्न जातजातिका झाँकी रयाली ,भेष भुषा प्रदर्शन नृत्य प्रदर्शन ,तथा तामाङ जातिको नयाँ बर्षको भित्ते पात्रो विमोचन जस्ता कार्यक्रमहरु भब्य रुपमा सम्पन्न गरिएको कुरा २८६० औं सोनाम ल्होछार डुक(मुपुख्री) ल्हो मुल समारोह संयोजक भक्त तामाङले बताउनु भयो ।
पोखरा ३०, असार गण्डकी प्रदेश सरकारको बजेट पारित भएको छ । विहिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद...
Read More
पोखरा ,३० बैशाख । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५...
Read More
धनगढी,२४ माघ । माटो खन्ने क्रममा कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा...
Read More
२५ वर्ष अगाडी नेपालमा गाउं पर्यटन शुरु गर्ने स्याड.जा, सिरुवारी होमस्टेले आफ्नो रजत महोत्सव मनाएको छ । यही फाल्गुण ५ देखी ७ सम्म भएको सो रजत महोत्सव पर्यटन मन्त्री...
Read More