माघ,पोखरा
तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व का रुपमा मनाइने गरन्छ र सार्वजनिक दिा दिइन्छ । ल्होछार मनाउने समुदायमा ुल्होु अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रारभेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२४ चाहिँ चील को वर्ष हो । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ुचन्द्र पात्रोु भनिन्छ ।
तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । नेपालमा प्राय गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार ,तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार ,शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको पाइन्छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यस्ता पर्वहरुमा प्राय ुतामाङ सेलो गाइने गर्दछ सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । लामाहरूसँग आशिष् लिएर वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ।
पोखरामा यसपाली नेपाल तामाङ घेदुङ को संयोजकत्वमा सोनाम ल्होछार मुल आयोजक सिमति बनाई बिभिन्न कार्यक्रहरुको आयोजना गरयो । उक्त कार्यक्रका संयोजक भक्त तामाङ रहनु भएको थियो । कायृक्रममा बिभिन्न जातजातिका झाँकी रयाली ,भेष भुषा प्रदर्शन नृत्य प्रदर्शन ,तथा तामाङ जातिको नयाँ बर्षको भित्ते पात्रो विमोचन जस्ता कार्यक्रमहरु भब्य रुपमा सम्पन्न गरिएको कुरा २८६० औं सोनाम ल्होछार डुक(मुपुख्री) ल्हो मुल समारोह संयोजक भक्त तामाङले बताउनु भयो ।
पोखरा ,१५ मंसिर । आउँदो मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा आयोजना हुने लागेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को ९० प्रतिशत तयारी पूरा भएको छ ।...
Read More
जेष्ठ ०५, २०७९ जय प्रकाश, जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ।...
Read More
काठमाडौं,४ वैशाख । कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट...
Read More
पोखरा, ८ असार गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष...
Read More