पौष २३ गते २०७७

कोरोना भाइरसका कारण ग्रामी अवार्ड जनवरी ३१ मा नहुने

काठमाडौं,२३ पुष ।
कोरोना भाइरसका कारण सन् २०२१ को ग्रामी अवार्ड पोस्टपोण्ड भएको छ ।

यसपटकको अवार्ड जनवरी ३१ मा नहुने रेकर्डिङ एकेडेमीले जानकारी दिएको हो । यसअघि यो अवार्ड समारोह निर्धारित मितिमा गरिने निर्णय भएको थियो ।

अब मार्च २४ मा अवार्ड समारोह हुने जनाइएको छ ।

अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड अमेरिकामा अझै पनि कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै पोस्टपोण्ड गरिएको हो ।