चैत्र १५ गते २०८०
पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय
पोखरा १४, चैत
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको प्रमुख पोखरेलले जनाउनु भयो । मञ्चले आयोजना गर्ने उक्त कार्यक्रममा बोर्डलाई प्रबद्र्धक रहेकोमा धन्यवाद दिदै अध्यक्ष बरालले आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरिएको जनाउनु भयो । उक्त कार्यक्रममा मञ्चका सदस्य रोहितराज पराजुली समेत रहनु भएको थियो ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाउनु भयो ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाको समन्वयमा उक्त प्रतियोगिता हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद, काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टस लगायतका संस्थाको सहयोग रहने भएको सचिव शसिकुमार पौडेलले बताउनु भयो ।
अफिसियल होटलको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।