मंसिर २३ गते २०८०

बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत सकलन

पोखरा २३, मंसिर
पोखराको बुद्ध विशाल बजारमा रहेको बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयाजना गरेको हो । संस्थाका अध्यक्ष शिवप्रसाद शर्मा र बुद्धीप्रसाद पौडेलरले पहिलो रक्तदाता जगन्नाथ ढकाललाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
रक्त संञ्चार केन्द्र पोखराको प्राविधिक सहयागमा कार्यक्रम भएको हो । संस्थाले आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै जाने अध्यक्ष शिवप्रसाद शर्माले जानकारी दिएका छन् ।