पौष २९ गते २०७९
रास्वपा संसद श्रेष्ठमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप
पोखरा, २९ पुस ।
डा ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सांसद हुन् । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।
ष्mबनभक
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुतिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । कात्तिक ९ गते भएको संस्थाको २० औं साधारण सभाले डा। सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
उक्त सहकारीले विशेषगरी कुखुरा पालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ ।
तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले बताएको छ ।