श्रावण ११ गते २०८३

फोटोग्राफर संघ गण्डकी प्रदेश को फोटो प्रतियोगिता शुभारम्भ

श्रावण ११, चितवन ,

फोटोग्राफर संघ गण्डकी प्रदेश को आठौं स्थापना दिवस तथा १८७ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा संस्थाले फोटो प्रतियोगिताको घोषणा गरेको छ ।

संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुली ले जानाकारी गराए ।

गत शनिवार चितवनको सौराहामा सम्पन्न नेपाल फोटोग्राफर महासंघको केन्द्रिय बिस्तारित बैठक को शुभ अवसर पारेर केन्द्रिय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय ले प्रतियोगिताको ब्यानर सार्वजनिक गरेका थिए । प्रतियोगिताका संयोजक जिवन ढुंगानाले प्रतियोगितको महत्व तथा प्रतियोगितामा सहभागी कसरी हुने भन्नेवारेमा प्रकाश पारेका थिए ।

प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्तरगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।जसमा बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त बहादुर तामाङ र बृहस तामाङले रु ३ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष रामचन्द्र पोख्रेलले बताएका छन् ।

यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको कुरा प्रतियोथिगता संयोजक जिवन ढुंगानाले बताए । नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु १०,००० ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते भब्य समारोहका विच समापन गरिने कुरा संस्थाका अध्यक्ष नारायण बहादुर केसीले जानकारी दिए ।

 

बिधा
प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य    (Nature & Landscape)

प्रतियोगिता सम्वन्धिनियमहरु
१.फोटो गण्डकी प्रदेश क्षेत्रभित्रखिचिएकोे हुनु पर्नेछ ।
२. सबै नेपालीनागरिकले सहभागिता जनाउन पाउने छन ।
३.फोटो प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य(Nature & Landscape) सम्वन्धि हुनु पर्नेछ ।
४.फोटो क्यामरा तथा मोवाइल ले खिचेको हुनु पर्नेछ ।
५. एरियल फोटो,ड्रोनफोटोहरु समावेश गर्न पाइने छैन ।
६. फोटोलाई सामान्य Crop&color Correction गर्न सकिनेछ ।
७. फोटोमा Logo तथा Water Markराख्नपाईने छैन ।
८.फोटो Photographer Association Gandaki  को
Google Form (gpan075@gmail.com )  मा पठाउनु पर्नेछ ।
९.सहभागीले ३ वटा सम्म फोटो पठाउन सक्नेछन ।
१०. फोटो १ एक एमवी भन्दा माथी हुनुपर्नेछ ।
१०.फोटोग्राफी क्षेत्रका ३ जना निर्णायकद्वारा मूल्यांकन गरिनेछ ।

Fill the Form 

https://forms.gle/vf2qEn4jt5TtRmbh6  

 

बिधा
मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता  (Mirage National Wedding Photo Contest –2026)

१.बेष्ट फोटो अवार्ड
२.ब्राईड एण्ड ग्रुम हेड सट
३.बेष्ट कलरिङ एण्ड रिटचिङ
४.बेष्ट मोमेन्ट क्याप्चरिङ
५.बेष्ट कपल पोजिङ,
६.बेष्ट कल्चर

Fill the Form 

https://forms.gle/vkf6wtJ9ggMRMUEF7

प्रतियोगिता शुरु
शुरु मितिः २०८३ श्रावाण १ गते देखी
फोटो पोष्ट गर्ने अन्तिम मितिः  २०८३ भाद्र १२ गते राती १२ बजे सम्म
नतिजा प्रकाशन तथा पुरस्कार बितरण ः  २०८३ भाद्र २० गते शनिवार