फागुन १६ गते २०८१
लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)
रमेश तिमल्सिना
फागुन-१६, पोखरा । मृगौला फेल भएकी लिला राईको उपचारको लागि हाल सम्म चार लाख चालिस हजार रकम संकलन भएको छ । देश तथा बिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुबाट उक्त रकम प्राप्त भएको हो । सहयोग संकलन जारी रहेको छ ।
दुबै मृगौला फेल भएकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु गरीएको थियो । टिकटक मार्फत उनको स्वास्थ्य अवस्था थाहा पाए पछि फोन गरेर आफुले बिस्तृत जनकारी लिएको अधिकारीले बताए ।
बिरामी संगको कुराकानीमा उनले आर्थिक अबस्थाको कारण उपचार गर्न समस्या भएको बताए पछि अधिकारीले रकम संकलन अभियान चलाएका हुन । ६ दिनमा शो रकम संकलन भए पनि बिरामीको उपचारका लागि करिब १५ लाख रुपयाँ लाग्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
आफ्नै गाउँको चेलीको जिवन रक्षाको लागि चिनजान भएकाहरु संग फेसबुक र फोन मार्फत सहयोग संकलन सुरु गरेकोमा अहिले परिचित नभएका ब्यक्तिहरुबाट पनि सहयोग आईरहेको उनले बताए ।
यस्तो अवस्था जो कोहीलाई जुनकुनै समयमा पनि पर्न सक्ने भएकोले आफ्नो दैनिक खर्चबाट कटाएर भए पनि बिरामीको लागि सहयोग गर्न उनले अपलि गरेका छन् । लिलालाई सहयोग गर्न अभियान्ता अधिकारीको नेपाल राष्ट्र बैंकको खाता नम्बर ३०६०१०००००४०११०४ मा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्राप्त सहयोग रकम बारे उनले हरेक दिन फेसबुक मार्फत अपडेट गराईरहेका छन् ।उनले राईको उपचारका लागि संकलन भएको रकमको वृस्तित जानकारी संजाल मार्फत नै गराउने बताए । छिटै नै संकलन भएको सहयोग रकम बिरामीको परिवारलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।
बिगत २ बर्ष देखि उनि यो रोगबाट ग्रसित रहेको परिवारले जनाएको छ । यस अघि उपचार गराउँदे आएको अस्पताल भन्दा केही सहुलियत हुने भए पछि अहिले भक्तपुरमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उनको उपचार भइरहेको छ । लिलालाई उनको श्रीमानले मृगौला दिने तयारी गरे पनि रक्त समुह नमिले पछि अहिले सासु मञ्जु पुडासैनीले मृगौला दिने भएकिछिन ।
उनको अन्तिम स्वास्थ्य परिक्षण चलिरहेको छ । मृगौला प्रत्यारोपण गर्न खर्चिलो हुने भएकोले बिरामी लिालाले एक भिडियो सन्देश मार्फत देश तथा बिदेशमा बस्नुहुने सबैलाई सहयोग गरी आफ्नो जिवन बचाईदिन अनुरोध गरेकी छिन । यो अभियानमा जोडिनुहुने सबै सहयोगी मनहरुलाई अभियान्ता अधिकारीले धन्यबाद दिएका छन् ।
भिडियो : गणेश खत्रीको फेसबुक वालबाट