असार १० गते २०८१
चौथो हेमजा हिलेका लागि ७ हल गोरुको व्यवस्था
पोखरा, असार
देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवका लागि ७ हलगोरुको व्यवस्था गरिएको छ।
महोत्सव अन्तर्गत विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, आमा समूह बीच असारे भाका प्रतियोगिता, हलगोरु तथा जोडी दौड, हिलोमा भाले तथा माछा समाउने प्रतियोगिता लगायत हुनेछन् ।त्यस्तै अर्थसंकलनको पाटोलाई पनि तीब्र पारिएको छ।
महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर शनिबार सरसफाई गरियो ।सरसफाईमा आयोजक देवीस्थान सेवा समाज, विष्णुपादुका टोल विकास संस्था, चापाघाट र देवीस्थान आमा समूह, चापाघाट टोल विकास संस्था लगायत स्थानीयवासीको सहभागिता रहयो ।त्यस्तै सोही अवसरमा विष्णुपादुका धार्मिक क्षेत्र परिसर वरपर पनि सरसफाई भयो ।
‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा यही असार १५ गते महोत्सव हुँदैछ ।
जसका लागि हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरि तयारीलाई तीब्रता दिइएको छ ।
त्यस्तै चन्द्रा पोखरेलको संयोजकत्वमा अर्थ संकलन उपसमिति, प्रचारप्रसार उपसमिति संयोजकमा निराजन अधिकारी, महोत्सव व्यवस्थापन उपसमिति संयोजकमा विष्णुप्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी परशुराम अधिकारीलाई दिएको छ।
त्यस्तै खाजा तथा खानेपानी उपसमिति संयोजकमा मनु तिमिल्सिना, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बास्तोला, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा विष्णु भण्डारी, मञ्च व्यवस्थापनमा खिमलाल तिमिल्सिना, यातायात व्यवस्थापनमा सुवास कुँवर, मायाको चिनो तथा साउन्ड सिस्टम व्यवस्थापनमा विष्णु भण्डारी, सरसफाई उपसमितिमा चेतनारायण तिमिल्सिना, सांस्कृतिक उपसमितिमा बुद्धदेवी कुँवर, खेल सञ्चालन निर्णायक उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर तथा महिला परिचालन उपसमिति संयोजकको जिम्मेवारी उमा भुर्तेललाई प्रदान गरिएको छ।
कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने विश्वास गरिएको छ ।