असाेज १८ गते २०७८
भाडा बढाउन नपाएपछि यातायात व्यवसायी आन्दोलित
काठमाडौं ,१७ असोज । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । रिंगरोडमा तेर्साएर राखिएका गाडी अहिले व्यवसायीले लगिसकेको ट्राफिक प्रहरीले जनाएको छ । केही स्थानमा मात्र गाडी बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरेर असार २९गतेबाट लामा तथा मध्यम दूरीमा चल्ने सवारीमा साविकको भाडामा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशअन्तर्गतका जिल्लामा भने बढाएको छैन । ती जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने छ । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भने स्थानीय रुटमा चल्ने सवारीमा भाडा बढाउनेबारे कुनै निर्णय नभएकाले साविकको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेका छन् ।