पौष २४ गते २०७७
व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने : किरण गुरुङ
पोखरा, २४ पुस ।
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।
महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो ।