जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी धेरै शहरी क्षेत्रमा कम भएको देखिन्छ । यसका अरु धेरै कारण भए पनि बैदेशिक रोजगार जानेको संख्या शहरमा धेरै भएकाले नै यसो हुन गएको हो । तर गाउ क्षेत्रमा भने मतदाताको उल्लेख्य उपस्थिती रह्यो । गाउका बृद्ध बुबा आमाहरु पनि लौरो टेकी टेकी मतदान स्थलमा आएको देखिन्थ्यो । उता यसवर्ष देखी मतदान गर्न उमेर पुगेका नया युवा मतदाताको उत्साह पनि उत्तिकै देखिन्थ्यो ।
कास्कीमा ६९ प्रतिसत मत खसेको सामान्य जानाकारी आएको छ भने आधिकारिक पुष्ठी हुन बाकी छ । देशकै ठुलो क्षेत्रफलको भएको पोखरा महानगर पालिकामा मात्र ९८ मतदान केन्द्र र २४२ भोटिड. बुथ थिए । कास्की जिल्लाका कुल ३३६ मतदान बुथ र १५० केन्द्र मध्य ५० मतदान केन्द्र केही जोखिम पूर्ण मतदान केन्द्र भनिएता पनि शुक्रबारका मतदानमा कुनै त्यस्तो अप्रिय घटेको भन्ने खवर आएको छैन । जिल्लाभर नै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । देशको ४१ स्थानमा मतदान प्रकिृया अशान्त भएको र छिटपुट केही स्थानमा घटना घटेकाले पूर्नमतदान हुने भए पनि मतदान सम्पन्न केही स्थानमा बेलुका मतगणना भएको जानाकारी आएको छ ।
कास्की जिल्लाको हकमा शनिबार बिहान बाट मात्र मतगणना हुने भन्ने जानाकारि आएको छ । पोखरा महानगरको मतगणना स्थल पार्दी शहिदचोकमा रहेको जिल्ला समन्वय समिति र नगर बिकास समितीका भवनहरुमा मतगणनाका लागि आवश्यक सवै तयार पुरा भएको जनाइएको छ । यसपाली नेपाल भरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए भने ८९ लाख ९२ हजार पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्यमा १८३ मतदाता थिए । निर्वाचन आयोगले देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र र २१ हजार ९५५ मतदान केन्द्र स्थापना गरिएको थियो । कुल ७५३ स्थानिय तहको लागि ३५ हजार २२१ जना निर्वाचित हुने यो प्रक्रियामा मुख्य राजनैतीक दल र तिनका समर्थक हरुको नै मुख्य प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।
पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ...
Read More
पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार...
Read More
कार्तिक २१, पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले...
Read More
काठमाडौं, १८ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो । आजै खड्काको संयुक्त इजलास...
Read More