जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी धेरै शहरी क्षेत्रमा कम भएको देखिन्छ । यसका अरु धेरै कारण भए पनि बैदेशिक रोजगार जानेको संख्या शहरमा धेरै भएकाले नै यसो हुन गएको हो । तर गाउ क्षेत्रमा भने मतदाताको उल्लेख्य उपस्थिती रह्यो । गाउका बृद्ध बुबा आमाहरु पनि लौरो टेकी टेकी मतदान स्थलमा आएको देखिन्थ्यो । उता यसवर्ष देखी मतदान गर्न उमेर पुगेका नया युवा मतदाताको उत्साह पनि उत्तिकै देखिन्थ्यो ।
कास्कीमा ६९ प्रतिसत मत खसेको सामान्य जानाकारी आएको छ भने आधिकारिक पुष्ठी हुन बाकी छ । देशकै ठुलो क्षेत्रफलको भएको पोखरा महानगर पालिकामा मात्र ९८ मतदान केन्द्र र २४२ भोटिड. बुथ थिए । कास्की जिल्लाका कुल ३३६ मतदान बुथ र १५० केन्द्र मध्य ५० मतदान केन्द्र केही जोखिम पूर्ण मतदान केन्द्र भनिएता पनि शुक्रबारका मतदानमा कुनै त्यस्तो अप्रिय घटेको भन्ने खवर आएको छैन । जिल्लाभर नै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । देशको ४१ स्थानमा मतदान प्रकिृया अशान्त भएको र छिटपुट केही स्थानमा घटना घटेकाले पूर्नमतदान हुने भए पनि मतदान सम्पन्न केही स्थानमा बेलुका मतगणना भएको जानाकारी आएको छ ।
कास्की जिल्लाको हकमा शनिबार बिहान बाट मात्र मतगणना हुने भन्ने जानाकारि आएको छ । पोखरा महानगरको मतगणना स्थल पार्दी शहिदचोकमा रहेको जिल्ला समन्वय समिति र नगर बिकास समितीका भवनहरुमा मतगणनाका लागि आवश्यक सवै तयार पुरा भएको जनाइएको छ । यसपाली नेपाल भरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए भने ८९ लाख ९२ हजार पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्यमा १८३ मतदाता थिए । निर्वाचन आयोगले देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र र २१ हजार ९५५ मतदान केन्द्र स्थापना गरिएको थियो । कुल ७५३ स्थानिय तहको लागि ३५ हजार २२१ जना निर्वाचित हुने यो प्रक्रियामा मुख्य राजनैतीक दल र तिनका समर्थक हरुको नै मुख्य प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।
काठमाडौं, २६ कात्तिक । गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत छिरेका छन्। महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्। ...
Read More
कमल पौडेल अथकपोखरा ६, फागुननेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संसद विघटनको मुद्धामा कांग्रेसले अदालतको निर्णय पर्खिने वताएका छन् । नेपाल मगर संघ गण्डकीको प्रथम भेलालाई विहीवार पोखरामा सम्वोधन गर्दै...
Read More
काठमाडौं ,१७ पुस । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै...
Read More
२८ फागुन,पोखरा ।नेकपा माओवादी केन्द्र धादिङ(पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।मञ्चको उपाध्यक्षमा कृष्ण...
Read More