कार्तिक २५ गते २०८१

गणेशमान फाउण्डेशन गण्डकीद्धारा तनहुँ कारागारका ३२१ जना कैदीलाई फलफूल वितरण

कमल पौडेल अथक
पोखरा २४, कार्तिक
स्वर्गीय नेता गणेशमान सिंहको ११० औं जन्म जयन्तिको अवसरमा हिजो उनलाई देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ ।
यसैवीच गणेशमान फाउण्डेशन गण्डकी प्रदेशले तनहुँको दमौली कारागारमा रहेका ३२१ जना कदैवन्दीलाई फलफूल वितरण गरेको छ ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र उनको जेल जीवनलाई जन्म जयन्तिको दिन रु ५० हजार वजारवरको फलफूल र विष्कुट वितरण गरेको फाउण्डेशन गण्डकीका सचिव कुमार रानाले जानकारी दिएका छन् ।
यसअघि फाउण्डेशनले दमौली वजारमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेको थियो । सो अवसरमा वोल्ने बक्ताहरुले गणेशमानको जस्तो त्यग र वलिदान भएका नेताको कांग्रेसमा खडेरी पर्दै गएको वताए । उनीहरुले अहिले पार्टीमा योगदान दिनेको भन्दा पार्टीवाट लाभ लिनेहरुको हावी भएको टिप्पणी गरे ।
फाउण्डेशनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ध्रव वाग्ले, शंकर भण्डारी तनहुँ पार्टी सभापति जीतप्रकाश आले, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ लगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेको फाउण्डेशनका सचिव एवं कार्यक्रम संयोजक कुमार रानाले जानकारी दिएका छन् ।
यसैवीच फाउण्डेशनले शनिवार साँझ पोखराको नालाको मुखमा रहेका गणेशमान सिंहको शालिकमा माल्यार्पण समेत गरेको छ ।