पौष १८ गते २०७७

पार्टी बिभाजन नहुनेमा संगठनको जोड

पोखरा, १८ पौष ।
धादिङ पोखरा जनसम्पर्क मञ्चले शनिबार बनभोज कार्यक्रमको आयोजना ग¥यो । बनभोज कार्यक्रममा धादिङ स्थाई ठेगाना भई पोखरा आएर बसोबासगर्नेहरुको सहभागिता रहेको थियो । धादिङ पोखरा जनसम्पर्क मञ्च नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्मथित हो ।

नेकपा फुटको संघारमा रहेको बेला आयोजित कार्यक्रममा सहभागी सबैले आफूहरु पार्टी फुटको विपक्षमा रहेको बताए । धादिङबासीमा एकताबद्ध रहेको र पार्टी बिभाजन नहुनेमा उनीहरुको जोड थियो ।
यो समय पार्टी बिबाद र खिचातानी तिर भनाई देशलाई बिकास र समृद्धी तर्फ लैजान सबै एकजुट भएर लाग्नुपर्ने र नेतृत्व जनादेशको विरुद्ध जान नहुने बताए । केन्द्र पार्टी फुटको संघारमा रहेको बेला आज गरिएको कार्यक्रमले बिभाजन तर्फ प्रेरित हुने नेताहरुलाई गतिलो झापड भएकोे एक सहभागीले बताए ।