माघ ११ गते २०८१

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था

 

पोखरा, १० माघ ।

खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा एमबी आस्था निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध भएका थिए ।
यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए ।
सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा प्रवीण बसबहादुर शेर्पाा बसन्त, रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल तारा निर्विरोध भए ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि केही पदमा सहमति हुन नसकेपछि चुनाव गरिएको महासचिव राजाराम पौडेलले बताए । उनका अनुसार अध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र सचिवमा निर्वाचन भएको र अन्य पदमा सहमति जुटेको थियो । यसपाली पनि पत्रकारहरुको संस्थामा राजनिति हावि भएको एक सदस्यले बताएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका थिए ।