भाद्र २५ गते २०७७

कास्की मा १९ जना थपिए संक्रमित


भाद्र २५,पोखरा

पछिल्लो अपडेट अनुसार पोखरामा स्वास्थ्यकर्मीसहित १९ संक्रमित थपिएका छन् । पोखरा १५ का २३ वर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोही अस्पतालमा उपचाररत छन् ।

पोखरा १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् । बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छिन् भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।