कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ
कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वाश्थ्य बिज्ञान प्रतिष्ठानका मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत रिजालले सुगर,ब्लडप्रेसर तथा थाईराईड रोग कसरी लाग्छ र रोग नियन्त्रण तथा उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा संचालित स्वास्थ सचेतना कार्यक्रमको सहजिकरण गरेका थिए ।
मानव समुदायमा बिशेषगरि खानपानका कारण बिभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने बताउदै डा। रिजालले सन्तुलित आहारबिहार र ब्यायामले नै मानिसको स्वास्थ सन्तुलित राख्न सकिने बताए ।
संस्थाका शेयर सदस्य करिब ८० जना महिला पुरुषहरुका बिच अन्तरकृया सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो।
सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यत्रमका संयोजक तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेलले स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्वाथ्य सचेतना कार्यक्रमका स्थानिय सहजकर्ता तोयानाथ देवकोटा, पूर्व कार्य समिति सदस्य ईन्दिरा शर्मा सल्लाहकार संयोजक शिवहरी अधिकारी,पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल , पूर्व अध्यक्ष जिवन ढुंगाना, पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल, सल्लाहकार रविनाथ दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम पश्चात सहभागीहरु ल्वाङ्ग गाउँमा रहेको चिया बगान ,बौद्ध गुम्बा, स्थानिय रहनसहन आदीकोे अवलोकन गरी पोखरा फिर्ता भएको थियो ।
काठमाडाैं ,९ माघ। बिभाजित नेकपाको प्रचण्ड–माधव समूहले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन...
Read More
पोखरा, भदौ १५ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी...
Read More
पोखरा, १० फागुन । रेडियो अन्नपूर्णले यस बर्ष आगमी चैत २१ गते रक्तदान कार्यक्रम गर्ने भएकोछ । रेडियोले सामाजिक उत्तरदाहित्व अन्र्तगत यस बर्ष पनि चैतको तेश्रो शनिबार खुल्ला रक्तदान...
Read More
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ...
Read More