कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ
कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वाश्थ्य बिज्ञान प्रतिष्ठानका मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत रिजालले सुगर,ब्लडप्रेसर तथा थाईराईड रोग कसरी लाग्छ र रोग नियन्त्रण तथा उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा संचालित स्वास्थ सचेतना कार्यक्रमको सहजिकरण गरेका थिए ।
मानव समुदायमा बिशेषगरि खानपानका कारण बिभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने बताउदै डा। रिजालले सन्तुलित आहारबिहार र ब्यायामले नै मानिसको स्वास्थ सन्तुलित राख्न सकिने बताए ।
संस्थाका शेयर सदस्य करिब ८० जना महिला पुरुषहरुका बिच अन्तरकृया सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो।
सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यत्रमका संयोजक तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेलले स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्वाथ्य सचेतना कार्यक्रमका स्थानिय सहजकर्ता तोयानाथ देवकोटा, पूर्व कार्य समिति सदस्य ईन्दिरा शर्मा सल्लाहकार संयोजक शिवहरी अधिकारी,पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल , पूर्व अध्यक्ष जिवन ढुंगाना, पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल, सल्लाहकार रविनाथ दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम पश्चात सहभागीहरु ल्वाङ्ग गाउँमा रहेको चिया बगान ,बौद्ध गुम्बा, स्थानिय रहनसहन आदीकोे अवलोकन गरी पोखरा फिर्ता भएको थियो ।
बाहिर त कुनै साइँसुइँ छैन्, तर विह्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ। सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तिमा चिनियाँ राष्टपति सि...
Read More
काठमाण्डौ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना...
Read More
काठमाडौं,०५ साउन । चलचित्र ‘लू’ का लागि मुख्य पात्रको खोजी सुरु भएको छ । ‘लू’ चलचित्र क्लास्सिक टेक अन्तर्गतको कम्पनी क्यारो फिल्म्सले निर्माण गर्न लागेको हो । नयनराज पाण्डेद्वारा...
Read More
पोखरा, १२ माघ । राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ ।पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३० मा...
Read More