भाद्र २३ गते २०७६

धुर्मुस सुन्तली फाउन्डेसनलाई मुक्तिनाथले दियो ५ लाख

मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सो रकमको चेक हस्तान्तरण गरे ।

मुक्तिनाथले आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्व लक्षित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक गरेको छ । भदौ १ गते लागु भएको यो योजना कात्तिकभर चल्नेछ । मुक्तिनाथले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।