पौष १९ गते २०७७

सर्वोच्चमा संसद विघटनको कारण र सक्कल निर्णय बुझाउँदै

काठमाडौँ,१९ पुष ।

राज्यका उच्च निकायले प्रतिनिधिसभा विघटन गर्नुको कारण र त्यससँग सम्बन्धित सक्कल कागजात बुझाउने तयारी गरेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारी गरेको प्रतिनिसभा विघटन खारेजीको माग गर्दै परेका १४ वटा रिट निवेदनहरुमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले आइतबारसम्म सम्पूर्ण कागजात बुझाउन आदेश दिएको थियो।

अन्तिम दिन भएकाले आइतबार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्नि सापकोटा र संसद सचिवालयले आआफ्ना भनाइ महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश गर्दैछन्।

सर्वोच्च प्रशासनका अनुसार आइतबार बिहान ११ः३० बजेसम्म कुनै पनि निकायका तर्फबाट जवाफ पेश भएको छैन।