फागुन २५ गते २०७७

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा शुरु

काठमाडौँ,२५ फागुन । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

माधव नेपाल पक्षसँग मंगलबार अन्तिम बैठक गरेर बिदा भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेका हुन् । एमालेसँग एकताअघि माओवादीको स्थायी कमिटी थिएन । आजको स्थायी कमिटी बैठकमा अदालतबाट खारेज भएको नेकपाका स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।

एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा केपी ओली पक्षमा लागेका थिए । उनीहरुले अब एमालेमै बस्ने गरी छलफल चलाइरहेका छन् । आजको बैठकमा पनि बादल पक्षका चार नेता सहभागी छैनन् ।