माघ १० गते २०८२
आज सरस्वती पूजा
माघ ९,पोखरा
आज माघ शुक्लपञ्चमी हो । आजको दिनलाई श्रीपञ्चमी र वसन्तपञ्चमी भनिन्छ । आजकै दिन वसन्तपुर दरबारमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने परम्परा छ । यो विशेष परम्परा हो । यसदिन सरस्वतीको पूजा गर्ने, शिशुहरूलाई अक्षरारम्भ गराउने चलन रहेको छ छ । सरस्वतीलाई शिक्षा, विद्या, ज्ञान, कला, सिपको अधिष्ठात्री मान्नेहरू एवं विद्यार्थीहरू विद्यालयमा र अन्यत्र पनि सरस्वती मन्दिरहरूमा विद्यार्थीहरू सरस्वतीको पूजा गरी आफ्नो उज्यालो भविष्यको कामना गरिरहेका हुन्छन् ।
यो दिन विद्या, ज्ञान, कला, सिपका लागि सरस्वतीको सम्मान गर्ने दिन हुनुसाथै कठ्याङ्ग्रिँदो शिशिर ऋतुको उत्तरार्ध भएकोले ऋतुराज वसन्तलाई स्वागत गरिने सन्दर्भको यस दिनलाई विभिन्न ढंगले उत्सवमय रूपमा मनाउने प्रचलन छ । सनातन संस्कृतिका हरेक पर्वहरू प्रकृतिसँग सामित्यता राख्दछन् । यस अर्थमा पनि वसन्त पञ्चमी महत्वपूर्ण पर्व हो ।
सनातन मान्यतामा शिक्षा, विद्या, ज्ञानको माध्यम अक्षरलाई मानिन्छ । आमरूपमा अक्षर भन्नाले स्वर–व्यञ्जन ‘वर्ण’ बुझिन्छ, तर अक्षर भनेको ध्वनीको आकृति वा आकार हो । यस अर्थमा शिक्षा, विद्या शब्द मात्र होइनस शिल्प९सिप० पनि हो भन्ने स्पष्ट हुन्छ । यसरी सरस्वतीको कार्यक्षेत्र शिक्षा र सिप दुवै हो र यी दुवै क्षेत्र श्रमविना प्राप्य छैन । ‘श्री’ भनेको ऐश्वर्य, वैभव, समृद्धि हो । ऐश्वर्य, वैभव, समृद्धि प्राप्त गर्न ज्ञान, सिप, श्रम आवश्यक पर्दछ । अतः सरस्वती पूजाको सम्बन्ध शिक्षा, विद्या, ज्ञान, कला, सिप र श्रमसँग छ । मानव जीवनका सुखको आधार पनि यिनै हुन् ।
तर, अहिलेका प्रायः पूजाहरू स्वार्थको अभिव्यक्ति, पाखण्ड र अन्धविश्वासका माध्यम बनेका छन् । पाखण्ड र अन्धविश्वास जतिसुकै राम्रो आवरणमा भए पनि त्याज्य नै हुन्छ । जानेर, बुझेर, अड्कलेर, परिणामको ख्याल गरेर गरिने पूजाले संस्कृतिको विकासमा सहयोग पु¥याउँछ भने नबुझी, देखासिकी र आडम्बरका लागि गरिने पूजाले अन्धविश्वासलाई मलजल गर्दछ । हामीले विद्यालयमा पढ्दा श्रीपञ्चमीको दिन विद्यालयमा सरस्वतीको पूजा गरिन्थ्यो । हामी लाम लागेर सरस्वतीको फोटोमा घरबाट लिएर गएको पूmल, अविर, फल चढाएर ढोग्थ्यौँ । विद्यालयबाट व्यवस्था गरिएको एक चम्चा बुँदी ९बुनियाँ० खान्थ्यौँ र मुख गुलियो पाथ्र्यौँ । मनमनै सरस्वती माता ‘मलाई पास गराइदिनुहोस् १’ भन्थ्यौँ र पास हुने बरदान माग्थ्यौँ । माथिल्लो कक्षाका राम्रो स्वर भएका केही दिदी–दाइहरूले सरस्वतीको स्तुति भन्दथे र हामी दुवै हात जोडेर, आँखा चिम्लेर पछिपछि भन्थ्यौँ । स्तुति–सरस्वती वन्दना राम्रो लाग्थ्यो, तर अर्थ जानिँदैन थियो, अर्थ लगाइदिने चलन पनि थिएन ।
सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी । हंसवाहन संयुक्ता विद्यादानं करोतु मे । यसको भावार्थ हो, हातमा वीणा र पुस्तक लिएकी, वाहनको रूपमा रहेको हाँससँगै रहेकी, जुन सरस्वती देवीलाई म देखिरहेको छु, उनले मलाई विद्या दिऊन् । पुस्तकले ज्ञान, वीणाले जीवन र हाँसले उचित–अनुचित छुट्याउने विषयको संकेत गरेका छन् । विद्यावान्९विद्वान्० जीवन र जगत बुझेको हुनुपर्छ र असल गलत छुट्याउन सक्ने हुनुपर्छ भन्ने तात्पर्य स्पष्ट छ । सरस्वती पूजाको एउटा सार पक्ष यो हो ।